2026/08/26

सुन तस्करी प्रकरण: राहुल महरासहित चार जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

Admin
Admin

२०८०-०६-२१

541
Shares
सुन तस्करी प्रकरण: राहुल महरासहित चार जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धान प्रतिवेदन वकिल कार्यालयमा बुझाएको हो। 

प्रतिवेदनमा  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एव पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ। राहुल १३ भदौमा पक्राउ परेका थिए । उनी अहिले सीआईबीको हिरासतमा छन्।

राहुलसंगै दावाजिन वाङ र उनका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

कृष्णबहादुर महराको संलग्नता भने नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको भेप छुटाउन महरा बाबुछोराले दबाब दिएको आरोप लागेको थियो।

541
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja