2026/08/25

बजार अनुगमन गर्दै मंगलसेन नगरपालिका

Admin
Admin

२०८०-०६-२१

554
Shares
बजार अनुगमन गर्दै मंगलसेन नगरपालिका


नेपालीहरुको ठूला चाडपर्व नजिकिदै गर्दा मंगलसेन नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता रावल सोडारीको नेतृत्वको टोलीले अछामको सदरमुकाम मंगलसेनका विभिन्न पसलहरुमा आइतबारदेखि अनुगमन गरेको हो । 


चाडपर्व नजिकिँदै गर्दा मुल्य वृद्धि , कालो बजारी ,म्याद नाघेका वस्तुको किनबेच हुनसक्ने सम्भावना रहेकाले नगरले अनुगमनलाई तिव्रता दिएको उपप्रमुख रावलले बताइन् । उनका अनुसार आइतबार मंगलसेनमा ८६ वटा व्यवसायीहरुको १६ वटा विषयवस्तुको बारेमा अनुगमन गरिएको हो ।


अनुगमनबाट खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्य सूची, सफाइ भए र नभएको हेरिएको छ । अनुगमनका टोलीले व्यवसाय दर्ता र नवीकरण नगरेका पसलबाट दर्ता नवीकरण गर्न अनुरोध गर्दै राजश्व संकलन पनि गरिरहेको छ ।
गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि नगर कार्यपालिकाको कार्यालयले बजार अनुगमनलाई नियमित गर्दै आएको छ ।
 

554
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja