2026/08/26

एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि, यी हुन् अध्यक्षका आकांक्षी

Admin
Admin

२०८०-०६-२४

484
Shares
एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि, यी हुन् अध्यक्षका आकांक्षी

नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदैछ। दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। 

भोलिसम्म चल्ने अधिवेशनको आज उद्घाटन समारो हुने छ। भोली नयाँ कार्यसमिति चयन गरेर अधिवेशन सम्पन्न गर्ने एमालेको तयारी छ। 

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी र्दिए।

मधेश प्रदेश अधिवेशनको लागि एमालेका एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका छन्। 

 

कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको यादवले बताए। 

अधिवेशनले एमालेको दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ। एमालेको मधेश प्रदेशको नेतृत्वमा आउन पाँचजना नेताले रुचि देखाएका छन्।

मधेश प्रदेशमा ८ जिल्ला समावेश छन्। मधेशमा सर्वसम्मत नेतृत्व चयन गर्न एमाले सचिव योगेश भट्टराईले जोड गरिरहेका छन्। पार्टीको मधेश इन्चार्जसमेत रहेका उनी माथिदेखि तलसम्म पार्टी संगठन एक रहेको सन्देश दिने कोसिसमा छन्। 

एमाले मधेशको अध्यक्षमा सप्तरीका सुमन प्याकुरेल र बाराका पुरुषोत्तम पौडेलको नाम चर्चा छ। नयाँलाई नेतृत्व विकास गर्नुपर्छ भन्ने पक्षमा धनुषाका राजकिशोर यादव र सर्लाहीका रेवती पन्त छन्।

यादवले धनुषा जिल्ला कमिटीमा दुई पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन्। एमाले नेता विचारी यादवले पनि नेतृत्वमा दाबी गर्दै आएका छन्। 

इन्चार्ज भट्टराई पनि विचारी वा राजकिशोर मध्येबाट एकजनाको पक्षमा सर्वसम्मत गराउने प्रयासमा लागेका एमालेका एक नेताले जानकारी दिए। 

तर, अधिवेशन सकिएका र चलिरहेका प्रदेशको अवस्था हेर्दा एमालेले मधेश प्रदेशको नेतृत्व पनि सर्वसम्मत चयन गर्ने सम्भावना कम देखिएको छ। 

484
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja