2026/07/30

कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने सत्ता गठबन्धनको निर्णय

Admin
Admin

२०८०-०६-२५

523
Shares
कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेपालखबरलाई बताए।

‘कोशी प्रदेशमा माओवादीका दलका नेता आङ्बोलाई अघि सार्ने औपचारिक निर्णय भएको छ,’ मल्लले भने।

 सत्ता गठबन्धनका चारदलसँग कोशी प्रदेश सभामा ४७ सांसद छन्। बुधबार दिनभर मुख्यमन्त्रीका रुपमा कसलाई अघि सार्ने भन्ने विषयमा कोशीका नेताहरुबीच छलफल चलेको थियो।

माओवादी र कांग्रेसबाट आ–आफ्नो दाबी भएपछि शीर्ष नेताहरू बसेर सहमति जुटाएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि शुक्रबार ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन्।

कोशीमा कांग्रेस दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री बनेपनि विश्वासको मत नपाएपछि सरकार ढलेको थियो। त्यही भएर यसपटक उपधारा ५ अनुसार माओवादी केन्द्रका आङ्बोलाई अघि सारेर सरकार गठन गर्ने गठबन्धनले निर्णय गरेको हो।

आङ्बोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समेत समर्थन गर्ने गठबन्धनको विश्वास छ। राप्रपाले कोशी प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार विहान ८ बजे केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ।

523
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja