2026/08/26

कोशीका मुख्यमन्त्री कार्कीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन

Admin
Admin

२०८०-०६-२८

504
Shares
कोशीका मुख्यमन्त्री कार्कीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन्। 

शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए। लगत्तै उनले नवनियुक्त दुई मन्त्रीलाई पनि शपथ गराएका छन्। 

एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन्। कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। 

504
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja