2026/08/25

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रीको आग्रह

Admin
Admin

२०८०-०६-२८

483
Shares
विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रीको आग्रह

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्। 

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन।

कुराकानीका क्रममा परराष्ट्र मन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए। 

‘विपिनसहितका नेपाली विद्यार्थीहरू बङ्करमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटक पटक आक्रमण गरेको देखिन्छ। पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ,’ परराष्ट्र मन्त्री साउदले भने, ‘प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुई वटा ग्रिनेड फाल्दा एउटा नपड्किँदै विपिनजीले एउटा ग्रिनेड बाहिर फ्याँकेको देखिन्छ। 

’प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेको लगेको उनले बताए। ‘त्यसदेखि नै उनी अज्ञात अवस्थामा छन्, उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ परराष्ट्र मन्त्री साउदले भने। 

‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौँ। इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको छ,’ परराष्ट्र मन्त्री साउदले भने,‘तपाई (अन्तर्राष्ट्रिय सञ्चारमाध्यम)हरूमार्फत अन्तर्राष्ट्रिय सङ्घसंस्था, विभिन्न कूटनीतिक मिसनहरूसँग पनि उहाँको स्थिति पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु।’

483
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja