2026/08/25

इजरायल आक्रमणमा निधन भएका ५ जनाको शव ल्याउने तयारी भइरहेको छ: परराष्ट्रमन्त्री साउद

Admin
Admin

२०८०-०६-२९

497
Shares
इजरायल आक्रमणमा निधन भएका ५ जनाको शव ल्याउने तयारी भइरहेको छ: परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए। मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए। उनले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताए। हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजि भइरहेको उनको भनाइ छ।

उनले भने, ‘अहिले इजरायलको घटनाले मुलुक तरंगित भएको छ। १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ। उनीहरुको निधन भएको छ। उनीहरुमध्ये केही मानिस घाइते भएका छन्। विपिन जोशी अज्ञात छन्। त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ। बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ। र हराएका विद्यार्थीको बारेमा पनि इजरायल सरकारसँग पनि र इजरायल बाहेकका अन्य खाडीका सरकारहरु जसको हमास समूहसँग सम्पर्क छ भन्ने गरिन्छ। उनीहरुसँग सम्पर्क गरेर हामीले समन्वय गरेर खोजि गर्ने काम सरकारले तिब्रतासँग गरिरहेको छ।’  

497
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja