2026/07/30

रास्वपा विकल्परहित पार्टी हो, अब हामीले मात्रै देश विकास गर्छौँ : डोलप्रसाद अर्याल

Admin
Admin

२०८०-०७-०२

476
Shares
रास्वपा विकल्परहित पार्टी हो, अब हामीले मात्रै देश विकास गर्छौँ : डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका छन् । बिहीबार काठमाडौं-२ मा आयोजित पार्टीको भेलामा बोल्दै उनले देश विकास गर्ने पार्टी रास्वपा मात्र भएको भन्दै रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका हुन् । 

उनले भने, ‘कहिलेकाहीँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक पार्टी भन्दै गर्दा मलाई त लाग्छ अब यो देश निर्विकल्प हो । निर्विकल्प हुने छ । विकल्परहित भएर राष्ट्रिय स्वतन्त्र पार्टी देश बनाउन आएको छ ।’

उनले आउने निर्वाचनमा सबै वडा र स्थानीय तहमा रास्वपाको घण्टी बजाउने प्रयास गरिने बताए । पार्टीकी सांसद सोविता गौतमले देश बनाउनका लागि नेता बनेर पार्टीमा नै आउने नपर्ने तर्क गरिन् । सबै आफ्नो ठाउँमा इमानदार भए देश बन्न धेरै टाढा नभएको उनको भनाई छ । 

उनले भनिन्, ‘देश बनाउनका लागि नेता नै हुनुपर्छ, राजनीतिमा नै आउनुपर्छ भन्ने छैन । कोही डाक्टर हुनुहुन्छ होला, कोही किसान, कोही शिक्षक तर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हामी सबै जना इमानदार भयौँ भने देश बन्न धेरै टाढा छैन ।’

476
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja