2026/07/30

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य स्थिर, बायाँ धमनीमा 'स्टेनोसिस' देखिएपछि स्टेन्ट राखियो

Admin
Admin

२०८०-०७-०३

507
Shares
गृहमन्त्री श्रेष्ठको स्वास्थ्य स्थिर, बायाँ धमनीमा 'स्टेनोसिस' देखिएपछि स्टेन्ट राखियो

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। चीनस्थित ‘पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ ले बिहिबार दिउँसो गृहमन्त्री श्रेष्ठको मेडिकल सर्टिफिकेट सार्वजनिक गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फार्क्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै  स्टेन्ट राखिएको पनि अस्पतालले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ।

गृहमन्त्री श्रेष्ठ चिकित्सकहरूको निरन्तर निगरानीमा छन् भने हाल आइसियूमा छन्। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुगेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको हो।

507
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja