2026/08/25

धादिङभएर ६.१ रेक्टरको भूकम्प, काठमाडौँसहितका क्षेत्रमा धक्का

Admin
Admin

२०८०-०७-०५

493
Shares
धादिङभएर ६.१ रेक्टरको भूकम्प, काठमाडौँसहितका क्षेत्रमा धक्का

काठमाडौं उपत्यका र आसपासका जिल्लालाई मज्जैले हल्लाउने गरी आइतबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु धादिङ भएको राष्ट्रिय भूकम्प मापन  केन्द्रले जनाएको छ।

आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा काठमाडौँ उपत्यकालाई मज्जैले हल्लाउनेगरी धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो। 

धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्काले काठमाडौँ उपत्यका पनि मज्जैले हल्लिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको बताए। 

‘यो मध्यमस्तरको भूकम्प हो,’ अधिकारीले भने, ‘यतिको भूकम्पले क्षति नगर्ने भन्ने हुँदैन। कमजोर संरचना यो भूकम्पले भत्किन सक्छन्।’ उनले भूकम्पको केन्द्रबिन्दु काठमाडौँ उपत्यकाकाबाट झण्डै ५५ किलोमिटर टाढा गोरखा नजिक पर्ने बताए। 

दसैँको रमझममा रहेका बेला भूकम्प गएपछि काठमाडौं उपत्यका र त्यस आसपासका स्थानीय त्रसित भएका छन्। भूकम्पको धक्का काठमाडौं उपत्यकासँगै गोरखा, नुवाकोट, चितवन लगायतका जिल्लामा पनि महसुस गरिएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन। 

493
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja