2026/07/29

देश बनाउन सबैको संकल्प आवश्यक छ : उपसभामुख

Admin
Admin

२०८०-०७-०९

476
Shares
देश बनाउन सबैको संकल्प आवश्यक छ : उपसभामुख

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघिबढ्नुपर्ने बताएकी छिन् । दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् ।

देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाई​ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको बताइन् ।

देशप्रतिको माया, लगानी हुन सकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स्वार्थ हुनुपर्ने उनको भनाइ छ । एक प्रसंगमा देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उपसभामुख रानामगरको असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन्, ‘यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सवैको ध्यान जानुपर्छ ।’ गृह जिल्ला झापादेखि काठमाडौं फर्किने क्रममा उपसभामुख रानामगरले देश निर्माणमा सबै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय संकल्प खाँचो रहेको र त्यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।’

476
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja