2026/08/25

सगरमाथा क्षेत्रबाट गुटेरेसको चिन्ता : हिमालमा जलवायु संकटको भयानक प्रभाव देखेँ

Admin
Admin

२०८०-०७-१३

546
Shares
सगरमाथा क्षेत्रबाट गुटेरेसको चिन्ता : हिमालमा जलवायु संकटको भयानक प्रभाव देखेँ

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले भयानक प्रभाव पारेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल एक्समा सर्वोच्च शिखर सगरमाथाको बेसमा बनाएको एक भिडियो पोष्ट गर्दै उनले हिमाली क्षेत्रमा आफूले जलवायु संकटको भयानक प्रभाव देखेको बताएका हुन्।

उनले भनेका छन्, 'आज सगरमाथाको आधारबाट, मैले हिमालयमा जलवायु संकटको भयानक प्रभाव देखेको छु। तापक्रम बढ्दै जाँदा, ग्लेशियर पग्लने क्रम बढ्दै जान्छ -सम्पूर्ण समुदायको जीवन र जीविकोपार्जनलाई खतरामा पार्छ।'

उनी सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा सगरमाथा क्षेत्रमा गएका थिए। 

546
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja