2026/08/26

रविको आक्रोश : व्यवस्थाप्रति खतरा पुराना दलबाट कि हामी नयाँ दलबाट?

Admin
Admin

२०८०-०७-१६

577
Shares
रविको आक्रोश : व्यवस्थाप्रति खतरा पुराना दलबाट कि हामी नयाँ दलबाट?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताले नयाँ दललाई आरोप लगाएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।

पुराना भनिएका दलका नेताले नयाँ दलका कारण व्यवस्था नै खतरामा परेको भनिएको सुनिएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

‘व्यवस्था नै खतरामा पर्‍यो भनेर भनेको सुनियो।  तपाईंहरूकै कारण यो व्यवस्थामा खतरा आउने त होइन?’ बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘व्यवस्था बचाउन प्रधानमन्त्रीले नेतृत्व गरेको दल नै सडकमा आउने हो कि?’

यो संसद् ठूला भनिएका तीन दलबाहेक अरूप्रति अनुदार रहेको पनि सभापति लामिछानेले बताएका छन्।

संसद्‌मा बोल्दै सभापति लामिछानेले कञ्चनपुरका विद्यार्थी विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको इजरायल सरकारले पुुष्टि गरिसकेकोले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

577
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja