2026/07/29

नेट अभ्यास गर्दै दीपेन्द्रसिंह, उनलाई फर्काउन सबै प्रयास भइरहेका छन्: प्रशिक्षक मोन्टी

Admin
Admin

२०८०-०७-१६

544
Shares
नेट अभ्यास गर्दै दीपेन्द्रसिंह, उनलाई फर्काउन सबै प्रयास भइरहेका छन्: प्रशिक्षक मोन्टी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको बताए।

ओमानसँगको खेलपछि पत्रकार सम्मेलनमा चोटग्रस्त अलराउन्डर दीपेन्द्रसिंहलाई टोलीमा फर्काउन सबै प्रयास भैइरहेको उल्लेख गरेका हुन्।

सिंगापुरसँगको पहिलो खेलमा नै घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैन। तर, समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दा दीपेन्द्रसिंह भने टियु मैदानमा नेट अभ्यास गरिरहेका थिए। त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावना बारे सोध्दा प्रशिक्षक देसाईले धेरै प्रयास भइरहेको बताएका हुन्।

‘हामी अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने सक्दैनौँ। तर, उनलाई फर्काउन धेरै प्रयास भइरहेका छन्। किनकि यो उनको करियरका लागि पनि आवश्यक छ,’प्रशिक्षक देसाईले भने। सो पत्रकार सम्मेलनमा उनले लक्ष्य भेटाउन सक्ने खालको भए पनि सफल हुन नसकेको उल्लेख गर्दै विपक्षको बलिङ पनि राम्रो रहेको सङ्केत गरे। प्रशिक्षक देसाई हरेक दिन नयाँ प्रतिभा खोज्ने आशा रहने गरेको र आज विवेकले आफ्नो प्रतिभा देखाएको समेत बताए। त्यसैले नयाँ प्रतिभाहरू आउनु नेपाल राम्रो क्रिकेटिङ राष्ट्र रहेको प्रमाणित भएको उल्लेख गरेका छन्। 

544
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja