2026/07/30

प्रतिपक्ष दलले सत्ताबाट हट्नुको पीडा सदन अवरोध गरेर पोख्ने होइन : माधव नेपाल

Admin
Admin

२०८०-०७-१६

523
Shares
प्रतिपक्ष दलले सत्ताबाट हट्नुको पीडा सदन अवरोध गरेर पोख्ने होइन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिपक्ष दलले  सत्ताबाट हट्नुपर्ने पीडालाई सदन अवरोध गरेर पोखेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उनले सरकारलाई मात्रै दोष नदेखाई प्रतिपक्षले आफूभित्रको कमजोरी पनि हेर्नुपर्ने टिप्पणी गरे । 

‘म सरकारलाई मात्रै दोष दिन चाहन्न । सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफू भित्रको कमजोरी हेर्नुपर्छ । सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्ने गरी व्यक्त गर्ने काम गर्ने होइन,’ उनले भने, ‘जनतालाई त्यसले असर गर्छ । सरकारले गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ । पीडा पोखेर मात्र हुँदैन, धारे हात लगाएर मात्र हुँदैन, सदन अवरोध गरेर मात्रै हुँदैन । ’

अध्यक्ष नेपालले अहिले देशमा दुई वटा अतिवादी भाष्य निर्माण गरिएको भन्दै त्यस्ता भाष्यबाट मुक्त भएर समस्याको समाधानका लागि उपाय खोज्नुपर्ने बताए । उनले भने, ‘अहिले दुई वटा भाष्य नेपालमा प्रचलित छन् । एउटा भाष्य छ–सबै डुब्यो, सबै वरवाद भयो, कुनै उपलब्धि भएका छैनन् । यो अत्यन्तै निराशावादी भाष्य हो । अर्को सबै थोक राम्रो गरियो, गजबै छ । चिन्ता गर्नु पर्ने छैन भन्ने भाष्य छ ।’  

 

523
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja