2026/07/30

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो कार्यदल

Admin
Admin

२०८०-०७-२०

494
Shares
गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो कार्यदल

 

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका कार्यदल बनाएको छ। गृह मन्त्रालयको नेतृत्व रहने गरी कार्यदल गठन गरिएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । 

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’

यो कार्यदललाई दुईवटा विषय म्यान्डेटका रुपमा तोकिएको छ । गाँजालाई औषधिका रुपमा उपयोग गर्ने विधि र गाँजाबाट औद्योगीकरणको सम्भाव्यताबारे यो कार्यदलले अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिनेबारे पनि कार्यदलले अनुसन्धान थाल्ने छ ।

मन्त्री डा. महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । कार्यदलले काम सुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिए ।

494
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja