2026/07/29

आलोचनापछि युरोप भ्रमण रद्द गरेका राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा जाने

Admin
Admin

२०८०-०७-२०

525
Shares
आलोचनापछि युरोप भ्रमण रद्द गरेका राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा जाने

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकनामा जाने भएका छन् ।

युरोप भ्रमणको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर राष्ट्रपति पौडेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन् ।

राष्ट्रपति पौडेल भोलि (मंगलबार) भूकम्प प्रभावित क्षेत्रमा त्यहाँको अवस्था बुझ्न जान लागेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

राष्ट्रपति पौडेलको आगामी कात्तिक २२ गते फान्स हुँदै जर्मन र इटाली जाने पूर्व निर्धारित कार्यक्रममा थियो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि उनले युरोप भ्रमण स्थगित गरेका हुन् । उनको युरोप भ्रमणलाई लिएर सर्वसाधारणले चर्को आलोचना गरेका थिए ।

525
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja