2026/06/19

भूकम्पपीडितको राहत बोकेको चिनियाँ जहाज पोखरामा अवतरण गर्ने

Admin

२०८०-०७-२१

445
Shares

जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको जहाज पोखरा अवतरण हुँदैछ ।

चिनियाँ सेनाको वाई-२० जहाज (पिएलएफ १५) बुधबार बिहान ३:४० बजे पोखरा अवतरण गर्दैछ।

छङ्ग्तुबाट आउने उक्त जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काई ट्रकले रुकुम पश्चिम र नेपालगन्ज पुर्याउने तालिका छ ।

पोखरा विमानस्थलमा ती सामग्री बुझ्न र बुझाउन बुद्ध एअरको जहाजबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्ग बिहान ८:३० बजे त्यसतर्फ जाने कार्यतालिका छ ।

चिनियाँ जहाज  पोखराबाट २ घण्टामा स्वदेश फर्कने छ। बुधबार नै एअर चाइनाको कमर्सियल उडानमा छिमेकी प्रान्त सिजाङ्ग (तिब्बत) का कम्युनिस्ट पार्टी सचिव वाङ्ग जुन्चेङ्ग काठमाडौं आउने छन् ।

राजदूत सोङ पोखराबाट काठमाडौं आएर त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्ने कार्यक्रम बनेको छ ।

445
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.