2026/08/25

प्रधानमन्त्रीले भने : संघीयता र गणतन्त्रको रक्षामा परिवर्तनकारी दल एकजुट भयौँ

Admin
Admin

२०८०-०७-२१

503
Shares
प्रधानमन्त्रीले भने : संघीयता र गणतन्त्रको रक्षामा परिवर्तनकारी दल एकजुट भयौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै दलहरू एकै ठाउँमा आइपुगेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको परिवर्तनकारी ठूला र साना दलहरूका शीर्ष नेताको बैठकपछि उनले यस्तो बताएका हुन्।

यो बैठकलाई सामान्य समीक्षात्मकका रुपमा ब्याख्या गरे। दाहालले देशलाई परिवर्तनको यो बिन्दुसम्म ल्याउने दलहरूबीच फेरि पनि जुटेर छलफल गर्ने सहमति भएको बताए। 

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलबाट साझा प्रतिबद्धता आयो’, उनले भने, ‘नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई गणतन्त्रसम्म ल्याउने दलहरूको बैठक भएको हो।’ दाहालले गणतन्त्रको रक्षाको सन्दर्भमा यस्तो बैठकलाई फेरि निरन्तरता दिने सहमति भएको पनि जानकारी दिएका छन्। 

503
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja