2026/06/13

रुविनाको ठाउँमा इन्दु बनिन् नेपाली क्रिकेट टोलीको कप्तान

Admin

२०८०-०७-२३

467
Shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु वर्माले नियुक्त भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले लामो समय टोलीको नेतृत्व गरेकी रुबिना क्षेत्रीको ठाउँमा इन्दुलाई कप्तानको जिम्मेवारी दिएको हो । 

नोभेम्बर १५ देखि हङकङमा हुने चार देशबीचको टी-२० सिरिजका लागि घोषित खेलाडीको सूचीमा इन्दु कप्तान रहेको उल्लेख छ । यस सिरिजमा नेपालसहित युएई, हङकङ र मलेसिया खेल्दै छन् ।

सन् २००९ मा  राष्ट्रिय टिमबाट डेब्यु गरेकी रुबिना सन् २०१२ देखि महिला क्रिकेट टिमको कप्तान थिइन् ।

नेरी थापाको ठाउँमा त्यसबेला कप्तान बनेकी उनले महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा भने २०१९ मा डेब्यु गरेकी हुन् ।

२९ बर्षिय रुबिना आफ्नो करियरको अन्तिम चरणमा रहेको बेला कप्तानको जिम्मेवारीबाट बाहिरिए पनि टिममा भने महत्वपूर्ण खेलाडीको रुपमा रहेकी छन् ।

उनले नेपालका लागि टी-२० मा ४६ खेल खेल्दै ५०२ रन बनाएकी छन् भने ३३ विकेटसमेत लिएकी छन् ।

राष्ट्रिय टिमको कप्तानीबाट हटाइएकी रुबिना भने सीता रानामगरसँगै हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टी-२० सिरिजमा व्यस्त छिन् ।

467
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.