2026/08/25

मालपोत सुनसरीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

Admin
Admin

२०८०-०७-२३

542
Shares
मालपोत सुनसरीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायवसुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस-रिसवत माग गरिरहेको  सूचनाका आधारमा आयोगको कार्यालय,इटहरीको टोलीले गत असोज १२ गते दुवैलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा नायव सुब्वा कटुवाल र खरिदार अधिकारीको मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो एक लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा १ को घ बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

542
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja