2026/10/24

आज एमालेको विशेष बैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

Admin
Admin

२०८०-०८-०२

565
Shares
आज एमालेको विशेष बैठक बस्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेको विशेष बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । 

बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको एमाले प्रचार विभागले जनाएको छ । 

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

एमालेको संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

565
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja