2026/10/25

हमासद्वारा २४ युद्धवन्दी रिहा, पहिलो चरणमा विपीन जोशी छुटेनन्

Admin
Admin

२०८०-०८-०९

587
Shares
हमासद्वारा २४ युद्धवन्दी रिहा, पहिलो चरणमा विपीन जोशी छुटेनन्

इजरायलसँगको अल्पकालीन युद्धविरामका क्रममा प्यालेस्टाइनी सशस्त्र समूह हमासले २४ जना बन्धकलाई रिहा गरेको छ।

कतार, इजिप्ट, अमेरिका लगायतका देशको पहलमा हमासले पहिलो चरणमा आफूसँग बन्धक रहेका २४ जना बन्धकलाई रिहा गरेको कतारको  विदेश मन्त्रालयले पुष्टि गरेको छ।

समाचारमा जनाइए अनुसार छाडिएका मध्ये १३ जना इजरायली नागरिक, १० जना थाइ नागरिक र एक फिलिपिन्स नागरिक परेका छन् । पहिलो चरणमा नेपाली विद्यार्थी विपीन जोशी भने रिहा नभएको देखिएको छ।

हमासले इसरायलबाट बन्धक बनाएर गाजा पुर्‍याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो।

इजरायल र हमासबीच चारदिनसम्म युद्धविराम गर्ने सहमति आज शुक्रबारदेखि लागू भएको हो।जुनसमयमा युद्धवन्दिहरू छाड्ने सहमति छ।

हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने बताइएको छ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुबै पक्षले स्थानीय समयअनुसार आज बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ।

587
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja