2026/08/24

२६ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन सूचना

Admin
Admin

२०८०-०८-१०

591
Shares
२६ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन सूचना

धनगढीः सुदूरपश्चिमका ६ सहित सम्र्पक विहीन भएका २६ प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन भनिएको छ।

लामो समयदेखि सम्पर्कमा नआएका प्रहरीको विभिन्न पदमा कार्यरत २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको हो।

प्रहरीको प्रधान कार्यालयले आज निकालेको सूचनामा विभिन्न पदमा कार्यरत रही सम्पर्कविहीन भएका २६ जनालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो।

पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो । बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख छ।

591
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja