2026/07/29

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन रास्वपामा छलफल

Admin
Admin

२०८०-०८-१२

602
Shares
स्वर्णिम वाग्लेलाई उपसभापति बनाउन रास्वपामा छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बसिरहेको छ। सोमबार सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको पनि सहभागिता छ।

बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक तथा अनुशासनसम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको छ। सांसदहरूले आफ्नो कार्यविवरण प्रस्तुत गरेका छन्। बैठकले संसदमा पार्टीले खेलेको भूमिकाबारे पनि समीक्षा गरी समग्रमा आगामी रणनीति र महाधिवेशनलगायत विषयको निर्क्योल गर्ने भनिएको छ।

मधेस प्रदेशमा संगठन विस्तार यस बैठकको अर्को लक्ष्य रहेको छ। यही बीचमा रास्वपाले बारा, रौतहट र सप्तरीमा जनसभा पनि गरिसकेको छ।

यस बैठकले सांगठनिक स्वरूप र जिम्मेवारी बाँडफाँटका विषयमा पनि महत्त्वपूर्ण निर्णय लिने नेताहरूले बताएका छन्। यसै क्रममा सांसद डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिको जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ। कांग्रेस त्यागेर रास्वपा प्रवेश गरी गत वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका वाग्लेलाई पार्टीमा कुनै कार्यकारी भूमिका दिइएको छैन।

‘अहिले नै त्यो जिम्मेवारी दिने कि आउँदो महाधिवेशनसम्म कुर्ने भन्ने विभिन्न कोणबाट छलफल भएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले  भने, ‘सभापतिज्यू (रवि लामिछाने)ले भने अहिले नै महत्त्वपूर्ण जिम्मेवारीमा आउनुपर्छ भन्नुभएको छ।’

 

 
602
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja