2026/08/25

राष्ट्रिय सभा निर्वाचन : पुस २३ गते मनोनयन, २६ गते अन्तिम नामावली

Admin
Admin

२०८०-०८-१७

588
Shares
राष्ट्रिय सभा निर्वाचन : पुस २३ गते मनोनयन, २६ गते अन्तिम नामावली

निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आइतबार उम्मेदवारी मनोनयनसहितको तालिका सार्वजनिक गरेको हो। 

जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ। 

मनोनय दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ।  मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ।  पुस २८ गते १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ। 

निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आइतबार उम्मेदवारी मनोनयनसहितको तालिका सार्वजनिक गरेको हो।  जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ। 

मनोनय दर्ता पश्चात उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुष २४ गते हुने बताइएको छ। मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ। सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ। 

पुस २८ गते १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ।  माघ ११ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

588
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja