2026/07/30

शेखरले भने : हामी त डेमोक्रेटिक पार्टी हौं ,कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ?

Admin
Admin

२०८०-०८-२२

522
Shares
शेखरले भने : हामी त डेमोक्रेटिक पार्टी हौं ,कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्नु नहुने बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताए। 

उनले कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए। उनले देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए।

कोइरालाले गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताए। उनले भने, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ। तर गठबन्धन प्रि इलेक्शन गठबन्धन की पोस्ट इलेक्शन गठबन्धन गर्ने? त्यसमा ध्यान दिनुपर्छ। हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो? यो गम्भीर विषय छ।’ नेता कोइरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थालेको बताए।

522
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja