2026/07/30

दुई वर्षपछि नेप्सेमा पोजिटिभ सर्किट, किन र कसरी लगाइन्छ ?(अपडेटेड नियमसहित)

Admin
Admin

२०८०-०८-२४

674
Shares
दुई वर्षपछि नेप्सेमा पोजिटिभ सर्किट, किन र कसरी लगाइन्छ ?(अपडेटेड नियमसहित)

काठमाण्डौ । लामो समयको सन्नाटापछि पुँजीबजारमा उछालको अवस्था देखिएको छ । 

नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर बजारप्रतिको नरम व्यवस्थाका कारण लगानीकर्ताको मनोबल बढेको हो । उच्च मनोबलसहित बजार प्रवेश गरेका लगानीकर्ताले आक्रामक ढंगले खरीदारी बढाएका कारण २ वर्षपछि नेप्सेमा पोजिटिभ सर्किट लागेको छ । 

पोजिटिभ सर्किटको यो यात्रा यत्तिमै टुङ्गिने अवस्था देखिन्न ।  बजार घट्दो क्रममा रहेको अवस्थामा आइतबारबाट एक्कासी बढेका कारण कस्तो अवस्थामा किन सर्किट लगाइन्छ भन्ने बारे सर्बसाधारणलाई जानकारी दिन सर्किट ब्रेकबारे जानकारी दिन आजको वित्तीय सचेतना श्रृंखलामा यो प्रयास गरेका छौं ।

हुन त पूँजीबजारको क्षेत्रमा  ‘सर्किट ब्रेकर’ कुनै नयाँ शब्दावली होइन । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय बुझेका नबुझेकाले प्रष्ट्याउने प्रयास गरिएको छ ।

के हो सर्किट ब्रेकर ?

सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई नियन्त्रण गर्न अपनाएको एक विधि हो ।

कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ । यसको सुरुवात नेप्सेले २०६३ असोज १० गतेबाट गरेको हो ।

यसरी लगाइन्छ सर्किट ब्रेकर
समग्र सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ असोज ६ गतेदखि पूरै बजारमा सर्किट ब्रेकर लगाउन सुरु गरेको हो । सुरुमा नेप्सेले अंकका आधारमा कारोबार स्थगन गर्दै आएकोमा २०६५ भदौ ९ गतेदेखि भने प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाउँदै आएको छ । त्यसबेला ३, ४ र ५ प्रतिशतको सर्किट ब्रेकरको नियम लाग्थ्यो । तर, पछिबाट यो नियम पुनः परिवर्तन गरिएको हो । 

जस अनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले परिवर्तन भएमा २० मिनेटका लागि पहिलो सर्किट ब्रेकर लगाई कारोबार स्थगन हुन्छ । पुनः कारोबार खुलेपछि परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा दोश्रो पटक सर्किट ब्रेकर लाग्छ र कारोबार स्थगित गरिन्छ ।

दोश्रो सर्किट ब्रेकर लगाएपछि ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि खुलेको बजार परिसूचक ६ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी कारोबार नै स्थगन हुन्छ । 

674
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja