2026/07/30

नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द

Admin
Admin

२०८०-०८-२४

645
Shares
नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द

नेप्से सूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेखेखिनै शेयर बजार लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। बुधबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।

आइतबार कुल १० मिनेट मात्रै शेयर कारोबार भएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।

645
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja