इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले गर्यो आर्थिक सहयोग
Admin
२०८०-०८-२६
538
Shares
धनगढीः इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले आर्थिक सहयोग गरेको छ।
७ अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो। तीमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए। आक्रमणमा परी बेपत्ता भएका विपिन जोशीको अवस्था भने अज्ञात छ।