2026/07/30

नेपालमा लगानी भित्र्याउनका लागि वैशाखमा सरकारले लगानी सम्मेलन गर्छ :अर्थमन्त्री

Admin
Admin

२०८०-०८-२८

562
Shares
नेपालमा लगानी भित्र्याउनका लागि वैशाखमा सरकारले लगानी सम्मेलन गर्छ  :अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको बताएका छन्।  नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा गरेको ओद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

नेपालमा पर्यटक आउने क्रम वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै भन्दै उनले अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताए। 

‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं,’ अर्थमन्त्री महतले भने, ‘विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिककको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ।’ 

उनले नेपालको अर्थतन्त्रमा देखिएका समस्या हटाउन लागिपरेको बताए। 

बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो। उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने उनले बताए।

नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी पनि उनले दिए। 

डा.महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने औद्योगिक सामानको लागत कम गर्न नसकिएको बताए। सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको भन्दै उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको बताए।

‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ,’ उनले भने। सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको भन्दै उनले यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेको बताए। 

श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको तर्क गरे। रासस

562
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja