2026/07/30

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालन

Admin
Admin

२०८०-०८-३०

495
Shares
चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालन

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन् । 

आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमुना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरूले दाबी गरेका छन् । क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । 

सुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताइएको छ । कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गरे । 

उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए । उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताए । उनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरूबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताए । 

जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए । उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए । 

495
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja