2026/08/24

गणतन्त्रले देश खाइसक्यो, राजा चाहियो : निखिल उप्रेती

Admin
Admin

२०८०-०८-३०

544
Shares
गणतन्त्रले देश खाइसक्यो, राजा चाहियो : निखिल उप्रेती

‘देश गम्भीर संकटमा छ’ भन्ने निष्कर्षमा पुगेका कट्टर राजतन्त्रवादीहरूले वर्तमान संविधान, संघीयता र गणतन्त्रले नेपालको हित नहुने धारणा व्यक्त गरेका छन्। 

आज ठमेलको एक होटेलमा आयोजित अनौपचारिक अन्तरक्रियामा कानुन व्यवसायी, पत्रकार, सेनाबाट निवृत्त अधिकृत, व्यवसायी, राजनीतिक दलसँग अलग्गिएका नेता, सिनेकर्मी र विभिन्न पेसा व्यवसायमा आबद्ध मानिसहरूबीच देशमा राजसंस्था अपरिहार्य रहेको भनेर पैरवी गरिएको थियो ।

अमेरिका निवासी पूर्व नेपाली नागरिक वोध बहादुर राउतको संयोजनमा आयोजना भएको अन्तरक्रियामा पत्रकारहरू पी खरेल, युवराज गौतम, कानुन व्यवसायी बालकृष्ण न्यौपाने, नेपाली कांग्रेस परित्याग गरेका नेता खेमराज सेढाईं, पत्रकारिताका अध्यापक यमबहादुर दुरा, व्यवसायी ओम सिटौला, सिने नायक निखिल उप्रेती, नेपाली सेनाका सेवा निवृत्त अधिकृत प्रेमसिंह बस्न्यात लगायतका व्यक्तिहरुले एक स्वरमा वर्तमान संविधान खारेज गरेर २०४७ को संविधान पुनस्थापना गर्नमा जोड दिएका थिए ।

सिने नायक निखिल उप्रेतीले भने गणतन्त्रले देश खाइरहेको तर्क गर्दै नेताहरूका कान र आँखा विदेशी शक्ति केन्द्रमा नियन्त्रित रहेको भनेर चर्को आलोचना गरेका थिए । उप्रेतीको आरोप थियो, ‘लास जस्ता नेताहरूले शासन चलाइरहेकाले गणतन्त्रमा केही बेवारिस व्यक्तिहरूको मात्र चलखेल रहेको छ।’

पूर्व सैनिक अधिकृत बस्न्यातले ‘राजतन्त्रवादी भनेर दाबी गर्ने कमल थापा, राजेन्द्र लिङ्देन, केशर बहादुर विष्ट र दुर्गा प्रसाईँ किन एक ठाउँमा बस्न सक्दैनन्’ भन्दै उनीहरूको चर्को आलोचना गरेका थिए ।

544
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja