2026/07/31

घरजग्गा कारोबार बढ्यो

Admin
Admin

२०८०-०९-०१

489
Shares
घरजग्गा कारोबार बढ्यो

गत वर्षको तुलनामा घरजग्गा कारोबार बढेको छ। अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबार र राजस्व दुवै बढेको हो।

घरजग्गामा बैंकहरुले कर्जा प्रवाह बढाएसँगै कारोबार बढेको छ। सरकारले घरजग्गा कित्ताकाटलाई सहज बनाउँदा गत वर्षको तुलनामा सकरात्मक प्रभाव देखिएको छ।

 

घरजग्गा कारोबारबाट मंसिर महिनामा २ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेको छ। सेवा कर २२ करोड ३१ लाख, रजिष्ट्रेशन शुल्क १ अर्ब ९५ करोड , पूँजीगत लाभकर ९६ करोड ४५ लाख रुपैयाँ उठेको छ।

गत वर्ष मंसिरमा २ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। जसमा सेवाकर १७ करोड, रजिस्ट्रेसन शुल्क १ अर्ब ४४ करोड र पूँजीगत लाभकर ७२ करोड रुपैयाँ उठेको थियो।

मंसिरमा लिखित पारित ४१ हजार ८५१ वटा भएका छन्। २०७९ मंसिरमा २९ हजार १८४ वटा लिखित पारित भएका थिए।

 कुल कारोबार भने १ लाख २७ वटा भएका छन् भने अघिल्लो वर्ष ८९ हजार मात्रै भएका छन्। गत मंसिरमा अपार्टमेन्ट लिखित पारित भने २२ वटा मात्रै भएको छ।

489
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja