2026/07/29

राष्ट्रियसभा सदस्य निर्वाचन : आयोगले दियो १२ राजनीतिक दललाई चुनाव चिन्ह

Admin
Admin

२०८०-०९-०१

589
Shares
राष्ट्रियसभा सदस्य निर्वाचन : आयोगले दियो १२ राजनीतिक दललाई चुनाव चिन्ह

निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।

आउँदो माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति दर्ता भएका १२ राजनीतिक दलहरूलाई चिह्न प्रदान गरिएको आयोगले जनाएको हो।

चुनाव चिन्ह प्राप्त गर्ने दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन्। 

589
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja