2026/07/30

बुटवल पावर कम्पनीले घोषणा गर्यो लाभांश, एफपिओ पनि जारी गर्ने

Admin
Admin

२०८०-०९-०१

488
Shares
बुटवल पावर कम्पनीले घोषणा गर्यो लाभांश, एफपिओ पनि जारी गर्ने

बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको मङ्सिर २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यसैगरी कम्पनीले एक करोड कित्ता थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने पनि जनाएको छ । कम्पनीका विभिन्न आयोजनामा लगानी गर्न उक्त रकम प्रयोग हुने कम्पनीले जनाएको छ ।

बैठकले पुस २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति पनि तय गरेको हो । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस १९ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

488
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja