2026/07/30

विप्लव र प्रकाण्डविरुद्ध अदालतको पक्राउ पुर्जीप्रति समाजवादी मोर्चाको आपत्ति

Admin
Admin

२०८०-०९-०२

509
Shares
विप्लव र प्रकाण्डविरुद्ध अदालतको पक्राउ पुर्जीप्रति समाजवादी मोर्चाको आपत्ति

समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गर्दै विप्लव र प्रकाण्ड लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान पनि विज्ञप्तिमा गरिएको छ। 

509
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja