2026/08/25

पूर्व राजा ज्ञानेन्द्र पश्चिम तथा मध्य क्षेत्रका केही जिल्लाको भ्रमणमा निस्कने

Admin
Admin

२०८०-०९-०२

583
Shares
पूर्व राजा ज्ञानेन्द्र पश्चिम तथा मध्य क्षेत्रका केही जिल्लाको भ्रमणमा निस्कने

पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव पश्चिम तथा मध्य क्षेत्रका केही जिल्लाको भ्रमणमा निस्कने भएका छन्।

ज्ञानेन्द्र र उनकी पत्नी कोमल राज्यलक्ष्मी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए।

‘पश्चिम क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा जाने’ उनले बताए। तर, कुन दिन जाने भन्ने मिति तोकेका छैनन्।

पाठकले एक सूचना प्रकाशित गर्दै पूर्व राजा भ्रमणमा निस्कने जानकारी गराएका छन्। तर, कुन कुन जिल्ला र कुन दिन भन्ने तालिका भने सार्वजनिक गरेका छैनन्।

583
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja