2026/07/29

मेरो परिवारविरुद्ध चलखेल गर्नेहरू व्यवस्थाविरोधी हुन् भन्नेमा 'क्लियर' छु : प्रधानमन्त्री

Admin
Admin

२०८०-०९-०३

528
Shares
मेरो परिवारविरुद्ध चलखेल गर्नेहरू व्यवस्थाविरोधी हुन् भन्नेमा 'क्लियर' छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो परिवारमाथिको आलोचनालाई व्यवस्थामाथिकै हमला भएको अर्थ लगाएका छन् । 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे । 

प्रधानमन्त्रीले भने, ‘मेरो परिवारमा सदस्य घट्दै गएर अब तीनजना मात्र बाँकी छाैँ । एउटी छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर, ऊ उतै बढी इन्गेज छ । अर्की छोरी मेरो सचिवालयमा काम गरिरहेकी छ । विचरा त्यो कस्ती छ, तपाईंहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ, कहिले उचालेको छ भन्दा म के ठान्छु भने यो संविधान, सिस्टम, गणतन्त्र र लोकतन्त्रका विरुद्धको हमला हो । यसमा म एकदम क्लियर छु ।’

‘प्रचण्डलाई हमला गरेर नराम्रोसँग बेइज्जत नगरेसम्म यो व्यवस्था उल्टिँदैन भनेर एकथरी मेरा विरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? उनले भने, ‘मलाई थाहा छ, चुप लागेको हो । यहाँ समितिमा प्रश्न उठेकोले मात्रै जवाफ दिएको हो ।’ 

बेलायतमा कम्पनी खडा गर्ने भनिएका सतीशलाललाई आफूले पनि राम्रोसँग चिनेको भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि उनीसँग उस्तै राम्रो चिनजान रहेको बताए । 

528
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja