2026/05/01

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

रायबर अनलाइन

२०८०-०९-०४

586
Shares

काठमाडौं । संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन गरेको छ । न्याय परिषद्ले सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई सिफारिस गरेपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो ।

गत सोमबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सकिएपनि नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने भइसकेको छैन ।

सुनुवाइ भएका व्यक्तिहरूको नाम अनुमोदनको निर्णय गर्नका लागि बुधबार संसदीय सुनुवाइ समितिको बैठक बोलाएको थियो । बैठकले ६ जनाकै नाम अनुमोदन गरेको सदस्य लीलानाथ श्रेष्ठले जानकारी दिए । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

586
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.