2026/07/30

‘प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेस बाधक बन्दैन’

Admin
Admin

२०८०-०९-१२

552
Shares
‘प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेस बाधक बन्दैन’

सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न सक्ने बताएका हुन् । उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट गर्न सक्ने स्पष्ट पारे । 

उनले भने, ‘मन्त्री हेरफेरको कुरामा प्रधानमन्त्रीज्यूको सम्बोधनलाई र पार्टीभित्र मन्त्रीले जवाफ दिने कुरा, मन्त्रीले आफ्ना विषयवस्तु राख्ने कुरा बाँकी नै छ । तर मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो । संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो । प्रधानमन्त्रीय प्रणाली हो, प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धनको सरकार भएको हुनाले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्न सक्ने प्रावधानलाई कांग्रेस अवरोध बन्दैन ।’

कांग्रेस केन्द्रीय समितिको बिहीबारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गरेको बताए । प्रस्तावमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा कांग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयहरूमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल सुरु गर्ने काम भएको बताए ।

 उनले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको बताए । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे जानकारी गराएको र बाँकी मन्त्रीहरूले शुक्रवारको बैठकमा जानकारी गराउने बताए । 

उनले बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यहरूले राखेको बताए ।  

552
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja