2026/08/25

मंगलसेन महिला उद्यमी संघ गठन , अध्यक्षमा मल्ल चयन

Admin
Admin

२०८०-०९-१४

573
Shares
मंगलसेन महिला उद्यमी संघ गठन , अध्यक्षमा मल्ल चयन

अछाम– अछामको मंगलसेन नगरपालिकामा महिला उद्यमी संघ गठन भएको छ । शनिबार सदरमुकाम मंगलसेनमा भएको महिला उद्यमीहरुको भेलाले अञ्जु मल्लको अध्यक्षतामा  नगरस्तरीय एघार सदस्यीय तदर्थ समिति गठन भएको छ ।

मंगलसेन नगरपालिकाको महिला , बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहजीकरणमा भएको भेलाले उपाध्यक्षमा कृष्णा बुढा , सचिवमा पार्भती कुमारी बोहरा , कोषाध्यक्षमा सरिता विक रहेका छन् । 

त्यसैगरी सदस्यमा इन्दु ढुंगाना ,उर्मिला नगार्जी ,नन्दकला ढुंगाना , पुनम गहतराज ,भजन बोगटी ,लक्ष्मी साउद इन्द्रा भाट रहेका छन् ।

महिला उद्यमीलाई प्रोत्सहान गर्ने , व्यवसायमा स्थापित गराउने र उद्यमी महिलाहरुलाई सक्षम बनाउनका लागि गठन गरिएको भेलाले निश्कर्ष निकालेको छ ।

आगामी दिनमा मंगलसेन नगरपालिकाभित्रका १४ वटै वडाका महिलाहरुलाई समेटेर कार्यसमिति आउने बताइएको छ । मंगलसेन नगरपालिकाका साथै जिल्लाका अन्य स्थानीय तहमा पनि महिला उद्यमी संघ गठन भइरहेको छ । 


 

573
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja