प्रेम बज्गाई अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिकामा नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले शनिबार प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री देउवाले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व भएको बताए ।
त्यस्तै कार्यक्रममा नगरपालिका प्रमुख अम्बीका चलाउनेले खेलकुदले विद्यार्थी जीवनमा ऊर्जा थप्ने काम गर्ने बताइन् । विद्यार्थीले शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनका उनले विद्यार्थीलाई आग्रह गरिन् ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद मेघराज खड्का , मानबहादुर रावल ,जिल्ला समन्वय समितिका प्रमुख ललित कुवँर , कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल , तुर्माखाँद गाउँपालिकाका प्रमुख डम्बर बिसी , ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास साउद ,प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल लगायतको उपस्थिती रहेको थियो ।