2026/09/13

पशुपतिको आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको आपत्ति

Admin
Admin

२०८०-०९-२०

514
Shares
पशुपतिको आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ । 

कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् । 

पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ, भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएकोप्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।"

बुढासुब्बा डिजिटल प्रालिले बिहीबार एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको थियो । 

विज्ञप्तिमा भनिएको छ, "उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनैपनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौँ ।"

514
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja