2026/07/30

१२ करोड लगानीमा बेगनासतालमा होटल मकाउ

Admin
Admin

२०८०-१०-०२

499
Shares
१२ करोड लगानीमा बेगनासतालमा होटल मकाउ

पोखराको बेगनासताल नजिक पर्यटक स्तरीयको सेवा सुविधा सम्पन्न भएको होटल मकाउ पर्यटकको पर्खाइमा रहेको छ । देशको विसम परिस्थितिमा कोभिडबाट प्रभावित भएको अवस्थामा लगानी भई विगत दुई वर्षदेखि सञ्चालनमा आएको होटलले आगन्तुक पाहुनालाई छुटको प्याकेज उपलब्ध गराएको छ ।

सात तालको बाटिका शहर लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न स्थानीय रामप्रसाद गुरुङ (किसान) को एकल लगानीमा होटल सञ्चालनमा रहेको छ । आफ्नो उर्जाशिल उमेरमा ताइवान, कोरिया र हङकङमा बसेर प्राप्त गरेको ज्ञान सीपको साथै आर्जन गरेको केही पैसासमेत होटलमा लगानी गरेका किसानले आगन्तुक पाहुनालाई आकर्षण गर्न केही छुटसहितका प्याकेज उपलब्ध गरएका छन् । श्रीमती पानकुमारी गुरुङको साथमा किसानले करिब १२ करोडको लागनीमा उक्त होटल सञ्चालन गरेसँगै स्थानीय १२ जनालाई रोजगारी पनि दिएका छन् ।

होटलमा रूमको स्तरअनुसार २ हजार ५ सयदेखि ७ हजारसम्मका रहेका छन् भने होटलले नयाँ वर्ष, दसैं, तिहारलगायतका विशेष अवसरमा पर्यटकलार्ई १५ प्रतिशतसम्म छुट दिने गरेको छ । होटलमा पुनः आउने पर्यटकलाई न्यूनतम १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । करीब तीन रोपनी क्षेत्रफलमा सञ्चालन भएको होटलमा होटलमा आर्कषक रेष्टुरेन्ट र बारको पनि व्यवस्था गरिएको छ । लेखनाथको बेगनासताल, रूपाताल क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरी २६ वटा रुम सञ्चालनमा ल्याइएको छ ।

499
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja