2026/04/29

२२०० माथि पुगेर फर्किएको नेप्सले कारोबार रकममा बनायो यस्तो रेकर्ड

Admin

२०८०-१०-०३

476
Shares

काठमाडौं : नेप्से सूचक बुधबार १२.१० विन्दुले घटेर २१६३.०६ अंकमा अडिएको छ । करिब ९ अर्ब ७७ करोडको कारोबार भएको छ । यो कारोबार रकम भने २९ महिना यताकै सबैभन्दा धेरै हो । यसअघि २०७८ भदौ २० गते ११ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, सोही वर्ष भदौ २१ गते ९ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसआधारमा बुधबार २९ महिनायताकै धेरै कारोबार रकमको रेकर्ड बनेको छ । ४ कम्पनीको भाउ सकारात्मक सर्किट लेबलमा पुगेको छ । १३ मध्ये ४ समूहमात्र वृद्धि भएको छ । 

सेयर बजार सूचक नेप्से बुधबार इन्ट्रा डे कारोबारमा २२ सय विन्दुमाथि उक्लियो । सूचक २२ सय १५ विन्दु आसपाससम्म पुगेपछि पुनः बिक्रेताहरु पनि हावी भए, फलस्वरुपः नेप्से पुनः २२ सय विन्दुमुनि आयो । २२ सय आसपासका विन्दुहरुलाई निकै महत्वपूर्ण मानिएको छ । यो तहमा पुगेपछि विगतमा पनि बजार फर्किएको थियो । 

आम लगानीकर्ताले समेत यसलाई निकै महत्वपूर्ण मनोवैज्ञानिक रेखा भनिरहेका छन् । सोही अनुसार बुधबार बजारको प्रदर्शन पनि देखियो । यस्तै, अघिल्लो बुलको टपबाट झर्दा पनि २२ सयबाटै बजार ओरालो लागेपछि लगभग नरोकिई १८ सयको लाइनमा झरेको थियो । यसकारणले पनि आम लगानीकर्ता र जानकारहरुले समेत २२ को लाइनलाई निकै महत्वका साथ हेरेका छन् । 

त्यसो त यसअघि १८ सयको तहबाट बजार २२७८ आसपाको विन्दुसम्म पनि पुगेको थियो । तर २३ सयको लाइनमा भने जान सकेको थिएन । यसर्थ, २२ सयको लाइनमा क्रेता र बिक्रेताहरुबीच तीब्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यद्यपि, बजार बुल रनतिरै प्रवेश गरेकाले अन्ततः नेप्सेले यो मनोवैज्ञानिक रेखालाई पनि पार गरेर अघि जाने विश्लेषणहरु भइरहेको छ । यसका लागि घट्दोक्रममा रहेको बैंक ब्याजदर र अधिक तरलता अवस्थाले साथ दिएको छ । बजारले लामो बियरिस चक्र पार गरेकाले पनि अबको बाटो माथितिरकै हुने जानकारहरु बताउँछन् । तर बजार करेक्सन हुँदै, शक्ति सञ्चय गदै अघि बढनेछ । एकोहोरो वृद्धि भने हुनेछैन । 

त्यसो त इन्ट्रा डे कारोबारमा पनि सूचक फराकिलो वृद्धिसहित २२ सय विन्दुबाट माथि लागेको थियो । कारोबार सुरु भएको ५ मिनेटमै २२ सय छोएको नेप्से त्यसपछि भने केहीबेर २२ सय मुनि नै रोकिएको थियो । कारोबार पनि उल्लेख्य भएकाले बजार समग्रमा बलियो रहेको अनुमान गर्न सकिन्छ । केही दिनयता बजारले नयाँ–नयाँ रेखाहरु कोरिरहेको छ । 

त्यसो त सेयर बजारमा अवसरसँगै जोखिम पनि उत्तिकै छ । यसर्थ, आम लगानीकर्ताले जोखिम बहन क्षमतालाई पनि ख्याल गर्दै लगानी योजनाहरु तय गर्नुपर्ने हुन्छ । कहिले किन्ने अनि कुन बेला बेच्ने ? भन्ने रणनीति बनाउन जानकारहरुले सुझाव दिने गरेका छन् । 

होल्ड गर्न सक्ने क्षमता पनि ख्याल गर्नुपर्छ । यस्तै, सकेसम्म सबल वित्तीय सूचकसहित लाभांश क्षमता राम्रो र निरन्तर भएका कम्पनी लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्न सक्छ । 

यस दिन ३ सय कम्पनीको ३ करोड ३५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ८४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा ङादी ग्रुप पावर र तेस्रोमा सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् । 

476
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.