2026/06/06

अयोध्या राम मन्दिरको उद्घाटन आज

Admin

२०८०-१०-०८

505
Shares

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज उद्घाटन हुँदैछ। आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ।

बीबीसीका अनुसार राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ।

ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम आज दिउँसो १२ः३५ (भारतीय समय अनुसार १२ः२० देखि १ बजे) बजेदेखि सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राण प्रतिष्ठामा सहभागी हुनेछन्। त्यसपछि मन्दिर दर्शनका लागि खोलिने छ।

ट्रस्टले भगवान रामको मूर्तिलाई ११४ घैँटोलाई औषधियुक्त र छुट्टाछुट्टै तिर्थस्थलबाट ल्याइएको जलले नुहाइने बताएको छ।

प्राण प्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयू नदीबाट सुरु भएको थियो र आज उत्तम साइतमा समाप्त हुनेछ।

प्राण प्रतिष्ठा समारोहमा सहभागि हुन आमन्त्रित अतिथिहरू अयोध्या पुग्ने क्रम जारी छ। यसमा भारतीय खेलाडी, बलिवुड अभिनेता र अभिनेत्री, राजनीतिक दलका नेताहरू, साधुसन्त लगायतका छन्।

अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।  

दस हजार सीसीटीभी क्यामरा, आर्टिफिशियल इन्टेलिजेन्सजडित ड्रोनले त्यहाँको गतिविधिमा निगरानी गरिरहेको छ। सात घेराको सुरक्षा व्यवस्था गरिएको अयोध्यामा ठाउँठाउँमा प्रहरी र सशस्त्रका गरी ११ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।  

505
Shares

©News Kunja 2021-2026. All rights reserved.