2026/07/30

मधेस प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

Admin
Admin

२०८०-११-०५

500
Shares
मधेस प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन्। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आफूमाथि बहुमत प्रदेशसभा सदस्यको समर्थन कायम रहेको देखाउन आइतबार विश्वासको मत लिन लागेका हुन्।

सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि बहुमत सिद्ध गर्न तीस तीनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।

मुख्यमन्त्री कार्यालयले विश्वासको मत लिने जानकारी गराएपछि प्रदेशसभा सचिवालयले आइतबार दिउँसो दुई बजे बैठक बोलाएको छ। सोही बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मतका लागि दलहरुसमक्ष प्रस्ताव गर्ने छन्।  

दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले माघ ९ गते सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवसँग स्पष्ट बहुमत छ।

मुख्यमन्त्री यादवलाई अहिले जनमत पार्टीबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन कायम रहेको छ। १०७ सदस्य रहेको मधेस प्रदेशमा बहुतका लागि ५४ सांसद आवश्यक पर्छ। तर मुख्यमन्त्री यादवलाई ९४ सांसदको समर्थन कायम रहेको छ।  

जनता समाजवादी पार्टी (जसपा) नेतृत्व मुख्यमन्त्री यादवलाई आफ्नो १९ सांसदसहित नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादीका ९ एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी १, नागरिक उन्मुक्ति पार्टी १ र १ जना स्वतन्त्र सांसद गरी ९४ जना सांसदको समर्थन कायम रहेको छ।

500
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja