2026/07/30

निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन हुदैछ सुनथराली विमानस्थल

Admin
Admin

२०८०-११-११

583
Shares
निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन हुदैछ सुनथराली विमानस्थल

कालिकोटको सुनथराली विमानस्थलको फागुन १४ गते परीक्षण उडान हुने भएको छ। 

झन्डै ३८ वर्षदेखि निर्माण सुरु भएको कालिकोटको एक मात्र सुनथराली विमानस्थल यही फागुन १४ गते उद्घाटन हुने भएको छ । यो विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो।

निर्माण पूरा भएको डेढ वर्षमा उद्घाटनको मिति तीन पटक तय गरिएको थियो। तीनै पटक उद्घाटनको भाका नाघेपछि चौथो पटक यही १४ गते उद्घाटन हुन लागेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिएका छन्।

उनका अनुसार फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातिद्वारा विमानस्थल परीक्षण उद्घाटन गर्ने कार्यक्रम छ। 

यसका लागि नागरिक उड्डयन प्राधिकरणले नरहरिनाथ गाउँपालिकाको कार्यालयलाई सूचना पठाइसकेको जानकारी दिइएको छ।

कालिकोटको सुनथरालीमा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना सुरु भएको हो। स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको थियो।

583
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja