2026/07/30

इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

Admin
Admin

२०८०-११-१४

564
Shares
इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ।

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं- १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं- १ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनका लागि निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ। चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी छ।

कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ।

साथै २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

564
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja